Logo

बैंक अफ काठमाण्डूको नेतृत्वमा सुपर खुदी जलविद्युत आयोजनालाई सहवित्तियकरण कर्जा प्रवाह हुने, यस्तो भयो सम्झौता

बैंक अफ काठमाण्डूको नेतृत्वमा सुपर खुदी जलविद्युत आयोजनालाई सहवित्तियकरण कर्जा प्रवाह हुने, यस्तो भयो सम्झौता



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रालिले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७० प्रतिशत बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३० प्रतिशत उक्त कम्पनीको लगानी रहनेछ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेको उक्त सहवित्तियकरणको सदस्यमा ग्लोबल आईएमई बैंक लि, सिभिल बैंक लि, मेगा बैंक नेपाल लि तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL