Logo

प्राइम कमर्शियल बैंकले साढे ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, फागुन १९ बाट निष्काशनको मिति तय

प्राइम कमर्शियल बैंकले साढे ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, फागुन १९ बाट निष्काशनको मिति तय



काठमाडौं । प्राइम कमर्शियल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रकम बराबरको ३५ लाख कित्ता शेयर फागुन १९ गतेदेखि जारी गर्न लागेको हो ।

बैंकले जारी गर्न लागेको ऋणपत्र मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि, २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने बताइएको छ ।

उक्त ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । उक्त ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा आवेदनमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्