Logo

क्युआर कोड सेवा बिस्तार गर्दै माछापुच्छ्रे बैंक, धरान र ढल्केवर कृषि बजारमा शुरु

क्युआर कोड सेवा बिस्तार गर्दै माछापुच्छ्रे बैंक, धरान र ढल्केवर कृषि बजारमा शुरु



काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्येन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महताले क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोर्ड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल खरिद गर्ने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।

दुवै कार्यक्रममा नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवेको बचत हुने बताए ।

कार्यक्रममा माछापुच्छ्रे बैंक संचालक समितिका पदाधिकारीहरु, नेपाल राष्ट्र बैंकका प्रतिनिधि ,कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु तथास्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्