Logo

सिभिल बैंकको साधारण सभाबाट बोनस सेयर वितरण प्रस्ताव पारित, मर्जरबारे निर्णय लिन संचालक समितिलाई पूर्ण अख्तियारी

सिभिल बैंकको साधारण सभाबाट बोनस सेयर वितरण प्रस्ताव पारित, मर्जरबारे निर्णय लिन संचालक समितिलाई पूर्ण अख्तियारी



काठमाडौँ । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७७-०७८ को लेखापरिक्षण गर्नको लागि एनबिएसएम एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने-गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने-हुने वा स्वदेशी-विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL