Logo

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाई’ भर्चुअल सहायता सेवा सञ्चालनमा, २४ सै घण्टा सेवा पाइने

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाई’ भर्चुअल सहायता सेवा सञ्चालनमा, २४ सै घण्टा सेवा पाइने



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आस्क मुक्ति भाई’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतिबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस सेवाको लागि बैंकको वेबसाइट ( www.muktinathbank.com.np ) मा गएर दायाँतर्फ ‘आस्क मुक्ति भाई’ वा बैंकको मस्कट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL