Logo

प्रभु बैंकको आइडिया स्टुडियो नेपालसँग सहकार्य, महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा

प्रभु बैंकको आइडिया स्टुडियो नेपालसँग सहकार्य, महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा



काठमाडौं । प्रभु बैंक लिमिटेडले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बुको खुम्बु पासाल्हामु गाउपालिका वार्ड नं ३ फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीहरुलाई ट्रेकिङको लागि चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पुनःसुचारु गर्दै जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्