Logo

पानीपोखरी र अनामनगरको जग्गा बिक्री गर्दै ग्लोबल आइएमई बैंक, बजार मूल्य १ अर्ब

पानीपोखरी र अनामनगरको जग्गा बिक्री गर्दै ग्लोबल आइएमई बैंक, बजार मूल्य १ अर्ब



काठमाडौं । ग्लोबल आइएमई बैंकले पानीपोखरी र अनामनगरमा रहेको आफ्ना् जग्गा विक्रीको लागि बोलपत्र आह्वान गरेको छ ।

बैंकले आज दैनिक पत्रिकामा सूचना प्रकाशित गरि जग्गा विक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बैंकले पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम र अनामनगरमा ३ रोपनी जग्गा विक्रीमा राखेको हो ।

जसको अहिलेको बजार मूल्य रु १ अर्ब हाराहारी रहेको बताइएको छ । खरिद गर्न इच्छुकले जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग कमलादीमा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL