Logo

सिद्धार्थ बैंकको नयाँ एटीएम वीरेन्द्र बहुमुखी क्याम्पसमा, एटीएम संख्या २ सय ६ पुग्यो

सिद्धार्थ बैंकको नयाँ एटीएम वीरेन्द्र बहुमुखी क्याम्पसमा, एटीएम संख्या २ सय ६ पुग्यो



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटीएम सेवा सुरु गरेको छ । यस नयाँ एटीएम सेवा थप भएसँगै सिद्धार्थ बैंकको एटीएम संख्या २ सय ६ पुगेको छ ।

सो एटीएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेकोे उपस्थितीमा उद्घाटन गरे ।

बैंकले भरतपुरस्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL