Logo

कोरोना पीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, आगामी असार मसान्तसम्म बक्यौता व्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने

कोरोना पीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, आगामी असार मसान्तसम्म बक्यौता व्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकिकरण गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाबाट समस्या परेका उद्योगी व्यवसायीलाई कर्जाको किस्ता र व्याज तिर्नको लागि थप सुविधा प्रदान गरेको छ ।

राष्ट्र बैंकले चालू आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै कोरोनाका कारण हालसम्म किस्ता र व्याज तिर्न नसकेका उद्योगी व्यवसायीले असार मसान्तसम्म बाँकी रहेको ब्याजको ५ प्रतिशत रकम मात्रै भुक्तानी गरेमा त्यस्ता कर्जाको पुर्नतालिकिकरण गर्न सकिने व्यवस्था गरेको हो ।

हालसम्म कर्जाको किस्ता र व्याज नतिरेका उद्योगी व्वसायीले कारोनाको कारण आफ्नो उद्योग व्यवसाय समस्यामा परेको कारण सहित हालसम्म बक्यौता ब्याजको ५ प्रतिशत रकम तिरेर त्यस्ता कर्जा पुर्नतालिकिकरण गर्न सक्नेछन् । यसअघि राष्ट्र बैंकले पुस मसान्तसम्म यस्तो सुविधा दिएको थियो ।

कोरोना पछि देशभित्रका धेरैजसो व्यवसाय संचालनमा आएपनि पर्यटन व्यवसाय, शैक्षिक परामर्श संस्था, वैदेशिक रोजगार व्यवसायजस्ता व्यवसायहरु संचालनमा आउन नसकेको भन्दै त्यस्ता व्यवसायीहरुले कर्जा तिर्ने समय बढाउन माग गर्दै आएको थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL