Logo

एनआईसी एशिया बैंकको नयाँ सुविधा, अब डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सकिने

एनआईसी एशिया बैंकको नयाँ सुविधा, अब डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सकिने



काठमाडौँ । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको हो । 

एनआईसी बैंकका ग्राहक अब हरेक कामका लागि बैंकको शाखा पुग्न नपर्ने अब बैंकले आफ्नो वेबसाइमा रहेको  आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त  आइसर्भ भित्र कार्ड सर्भिसमा क्लिक गरी आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरे पश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ । 

ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले  एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत छ । यस सुविधाले ग्राहकहरूलाई सहज रुपमै सेवा लिने वातावरण बनाउन सहज हुने बैंकले विश्वास लिएको छ । 

ग्राहक महानुभावहरूलाई विभिन्न अनलाईन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आइसर्भ डिजिटल सेवा (https://iserve.nicasiabank.com)लाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको छ ।

डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले आइसर्भ(iserve) लाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ल्याएको छ । यसमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

हाल बैंकले  ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  । 

प्रतिक्रिया दिनुहोस्
MBL