Logo

खोकनामा नेपाल बङ्गलादेश बैंकको एटीएम, एटीएम संख्या ८१ पुग्यो

खोकनामा नेपाल बङ्गलादेश बैंकको एटीएम, एटीएम संख्या ८१ पुग्यो



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ललितपुर महानगरपालिका–४ खोकनास्थित शाखामा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

एटिएम बिस्तारको क्रममा खोकना स्थित शाखामा बैंकले आफ्नो ८१ औं एटिएम सेवा औपचारिक रुपमा बिहीबार उद्घाटन गरेको हो । उक्त एटिएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका हुन् ।

उक्त बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL