Logo

माछापुच्छ्रे बैंकले ल्यायाे रेमिट्यान्स पठाउन मिल्ने ‘रेमिट्याप’, विश्वका जुनसुकै देशबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

माछापुच्छ्रे बैंकले ल्यायाे रेमिट्यान्स पठाउन मिल्ने ‘रेमिट्याप’, विश्वका जुनसुकै देशबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । माछापुच्छ्रे बैंकले बिहीबारबाट डिजिटल वालेट ‘रेमिट्याप’ सञ्चालनमा ल्याएको छ । डिजिटल प्रविधिलाई ग्रामिण भेगसम्म पुर्याउन र नेपालीको बैंकिङ पहुँच बढाउन बढाउन समेत उक्त वालेट सहयोगी हुने बैंकले जनाएको छ।

उक्त रेमिटट्याप एपको प्रयोगबाट ग्राहकले नेपालका साथै, विश्वका जुनसुकै देशबाट नेपालमा रेमिट्यान्स पठाउन सक्ने जनाएको छ । एपको प्रयोग गरी ग्राहकले भर्चुअल रेमिकार्ड बनाउन सक्ने र सोको प्रयोग गरी विभिन्न विल भुक्तानीका साथै, मर्चेटहरुमा समेत सेयर गर्न सकिने बैंकले जनाएको छ ।

विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिनेछ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ खोजर अनुसन्धान गर्दै नयाँ सेवा सुविधा भित्र्याउने क्रममा रेमिट एप सार्वजनिक गरिएको र सो एमको मद्दतले डिजिटल कारोबारलाई अर्को तहमा बैंकले जनाएको छ ।

रेमिट एपबाट पठाइएका रेमिट्यान्स देश भरी रहेका ७ हजारभन्दा बढी रेमिट एजेन्टबाट ग्राहकले तुरुन्तै नगद भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

भर्चुअल कार्डको प्रयोग गरी भुक्तनी गर्ने, रेमिट पठाउनको साथै साथीलाई रेमिकार्ड गिफ्टसमेत पठाउन सक्ने नयाँ फिचरहरु सो एपमा रहेका छन् ।

यसमा भएको टेक्नोलोजीका कारण र नेपाली भाषामा समेत दभ एकाले एप प्रयोग गर्न ग्राहकलाई अत्यन्तै सहज सरल र सुरक्षित रहेको बैंकका चिफ अफ लाइब्रेटी सुनिल खतिवडाले बताए ।

ग्राहकले बैंकको रेमिट्याप एप एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्ने सक्नेछन् । उक्त एप डाउनलोड गर्ने बैंकका ग्राहक लगायत अन्य बैंकका एक हजार जनासम्मले १०० सय रुपैयाँ ब्यालेस पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL