Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई बेबी वार्मर सहयोग



काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि ‘हाम्रो विकास प्रबर्द्वन कोष’ बाट महोत्तरीको प्राथमिक स्वास्थ्य केन्द्र, झापाको दमक स्थित आम्दा अस्पताल र खोटाङ्ग जिल्ला अस्पताललाई एकएक थान बेबी वार्मर प्रदान गरेको छ।

आम्दा अस्पतालको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंक प्रदेश नं. २ र मकवानपुर जिल्ला क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख मोहन राज गिरी, बैंकका रामगोपालपुर शाखाका शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहार कुमार दासलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

आम्दा अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका प्रदेश नं. १ क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख प्रेमश्वर शाक्य, बैंकका दमक शाखाका शाखा प्रबन्धक संजय आचार्य र राष्ट्रिय आविष्कार केन्द्रका संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मा, सिनियर कन्सल्टेन्ट डा. नबिन ढकाल, अस्पतालका प्रशासक सुमन कुमार नेपाल लगायत अस्पतालका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा पनि ज्योति विकास बैंकका दिक्त्तेल शाखा प्रबन्धक रोहित दाहाल र राष्ट्रिय आविष्कार केन्द्रका संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा अस्पताल प्रशासन प्रमुख रविन फुयाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्रसुति सेवा लिन आउने प्रतक्षरुपमा लाभान्वित हुनेछन्। सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रकाबाट पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL