Logo

माछापुच्छ्रे बैंक र दुबईको सरफ एक्सचेन्जबीच सम्झौता, दुबईबाट नेपाल रकम पठाउन सहज

माछापुच्छ्रे बैंक र दुबईको सरफ एक्सचेन्जबीच सम्झौता, दुबईबाट नेपाल रकम पठाउन सहज



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले र सरफ एक्सचेन्जबीच सम्झौता भएकाे छ । माछापुच्छ्रे बैंकले दुबईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायिक सम्झौता गरेको हाे ।

उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात अब दुवईमा रहेका नेपालीहरुले दुबईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL