Logo

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । सभाले ४.५० प्रतिशत लाभांश सहितको आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुको साधारण सभामा उपस्थिति रहेकोे थियो । साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण शेयरधनिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्