Logo

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । बुधबार बैंकले उक्त कम्पनीसंग प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच यस बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ । २०७७ साल माघ २७ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब ११ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८८ हुने बैंकको दावी छ ।

हाल सिर्जना फाइनान्सको चुक्तापूँजी ८४ करोड ७८ लाख ३८ हजार रुपैयाँ रहेको छ भने सिटिजन्स बैंकको ९ अर्ब ८१ करोड ७० लाख २ हजार रुपैयाँ छ । सिटिजन्सले यस अघिनै तिनाउँ मिसन डेभलपमेण्ट बैंकलाई पनि प्राप्ती गर्ने प्रस्ताव विशेष साधारण सभा मार्फत पारित गरिसकेको छ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २८ वटा शाखाहरु हुनेछन् ।

सेययर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL