Logo

एनआईसी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष योजना, २० भाग्यशाली ग्राहकलाई तारे होटलमा डिनर

एनआईसी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष योजना, २० भाग्यशाली ग्राहकलाई तारे होटलमा डिनर



काठमाडौं । फेब्रुअरी १४ तारिखका दिन मनाइने ‘भ्यालेन्टाइन डे’ को अवसरमा एनआईसी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहक महानुभावहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकले ग्राहक महानुभावहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग डेबिट वा क्रेडिट कार्ड, क्आिर भुक्तानी तथा आइपिजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्नुहुने २० जना भाग्यशाली ग्राहकहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा ‘भ्यालेन्टाइन डे’ को दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले २८ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्आिर कोड स्क्यान गरी कारोबार गर्ने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्ने, डेबिट वा क्रेडिट कार्डमार्फत पिओएसद्वारा भुक्तानी गर्ने र ई–कमर्शमार्फत कारोबार गर्ने गरी ४ वटा च्यानलबाट प्रतिच्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहकहरूलाई गोलाप्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ ।

योजना अवधिभर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहकहरूलाई मात्र गोलाप्रथामा सामेल गरिनेछ भने सो रकमभन्दा बढी कारोबार गर्ने ग्राहकहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।

काठमाण्डु बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहकहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिने बैंकले जनाएको छ ।

उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहकहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्ने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL