Logo

सनराईज बैंक संचालक समितिले स्वीकृत गर्यो सीईओ जनक शर्माको राजिनामा, नयाँ सीईओका लागि ४ जनासँग छलफल

सनराईज बैंक संचालक समितिले स्वीकृत गर्यो सीईओ जनक शर्माको राजिनामा, नयाँ सीईओका लागि ४ जनासँग छलफल



काठमाडौं । सनराईज बैंक संचालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकराज शर्मा पौड्यालको राजिनामा स्वीकृत गरेको छ । आजै संचालक समिति समक्ष राजिनामा बुझाएका सीईओ शर्माको आजै बैंठक बसेर राजिनामा स्वीकृत गरेको हो ।

विवादकाबीच लामो समयदेखि सीईओ शर्माले सनराईज बैंकमा रहेर काम गर्दै आएका थिए । सीईओकै विषयलाई लिएर बैंकमा व्यवस्थापन र संचालकबीच विवाद समेत बढेको थियो । जसको समाधानमा लागि नियामक निकाय राष्ट्र बैंकलाई समेत गुहार्नु परेको थियो ।

बैंकका सीईओ पौड्यालको राजिनमा स्वीकृतसँगै बैंक संचालक समितिले नयाँ सीईओको खोजी थालेको छ । जसका लागि पूर्व बैंकर तथा राष्ट्र बैंकका पूर्व कर्मचारीलाई सीईओमा ल्याउन छलफल गरिएको बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

सो क्रममा वाणिज्य बैंकबाट सीईओ भएर बाहिरिएका कुमार लम्साल, शुमन शर्मा, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक विनोद आत्रेय र पूर्व बैंकर राम गिरीसँग छलफल भैरहेको समेत उक्त स्रोतको भनाई थियो । छलफल भइरहेको ४ जनामध्ये केही दिनभित्रै एकजनालाई बैंकले सीईओको रुपमा भित्र्याउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL