Logo

सेञ्चुरी बैंकको त्रिपुरेश्वरमा एक्सटेन्सन सेवा, त्रिपुरेश्वरको शालिक बनाइदिने

सेञ्चुरी बैंकको त्रिपुरेश्वरमा एक्सटेन्सन सेवा, त्रिपुरेश्वरको शालिक बनाइदिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी बैंक लिमिटेडले गुठी संस्थान, त्रिपुरेश्वरमा एक्सटेन्सन् काउन्टर सेवा सुरु गरेको छ । बैंकले आजैको मितिबाट उक्त काउन्टर सेवा संचालन गरेको थियो । साथै, बैंकले भुकम्पले क्षति पुर्याएको त्रिपुरेश्वर स्थित त्रिभुवनको सालिकमा राखेको ट्राफिक आईलेण्डलाई समेत मर्मत सांभार गरिदिने भएको छ । उक्त मर्मत संभारका लागि सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं महानगरपालिका बीच पूर्णनिर्माण गर्ने गरी ५ वर्षको सम्झौता गरेको हो ।

बैंकले कुल २४ अर्ब ९५ करोड रुपैयाँ अर्व निक्षेप संकलन गरी २० अर्व ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २६ वटा एटीएम्, १० वटा शाखारहित बैंकिङ र एउटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL