काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौडेलले राजिनामा दिएका छन् । बैंक उच्च स्रोतका अनुसार उनले आजै संचालक समिति समक्ष राजिनामा पेश गरेका हुन् ।
बैंक उच्च स्रोतका अनुसार सीईओ शर्माले आजै राजिनामा दिएको र आजै बस्ने बैंक संचालक समितिले उनको राजिनमा स्वीकृत गर्ने भएको छ । आज केही बेरमै सनराईज बैंक संचालक समितिको बैंठक बस्दैछ ।
विवादकाबीच लामो समयदेखि सीईओ शर्माले सनराईज बैंकमा रहेर काम गर्दै आएका थिए । सीईओकै विषयलाई लिएर बैंकमा व्यवस्थापन र संचालकबीच विवाद समेत बढेको थियो । जसको समाधानमा लागि नियामक निकाय राष्ट्र बैंकलाई समेत गुहार्नु परेको थियो ।
विवाद समाधानकै लागि राष्ट्र बैंकले पहिलो पटक संचालकहरु र सीईओ दुबै पक्षलाई छलफलमा बोलाएर विवाद समाधान गरिदिएको थियो । तर पछिल्लो पटक सीईओले संस्थागत हितमा काम नगरेको भन्दै संचालकहरु राष्ट्र बैंक समक्ष डेलिगेशन समेत गएका थिए । त्यसता पनि सीईओ र संचालकहरुबीच विवाद रहँदै आएकोमा आजै मात्र उनले पदबाट राजिनामा दिएका हुन् ।