Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंकले काठमाडौं न्युरोड स्थित हिमालय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिप राज बराल र बैंकका न्युरोड शाखाका शाखा प्रबन्धक रबिन रेग्मी द्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली रत्न शाक्य र विद्यालयकी प्रध्यानाध्यापिका हीरा लक्ष्मी श्रेष्ठलाई शौचालयको पुनर्निर्माण गर्नका लागी २ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेका हुन् ।

हिमालय माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब २०० भन्दा बढी विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। विद्यालयको संरचनामा सुधार गर्न, अध्यनरत विद्यार्थीहरुको लागि सफा र स्वच्छ शिक्षण वातावरण सिर्जना गर्ने मनसायका साथ शौचालय पुनर्निर्माण गर्न सो सहयोग गरेको हो।

ज्योति विकास बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्