Logo

ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना/पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा बैंकको २ सय ६८ शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयबा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL