Logo

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने, बैंकका १० हजारभन्दा अधिक रेमिटबाट रकम बुझ्न सक्ने

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिटेन्स पठाउन मिल्ने, बैंकका १० हजारभन्दा अधिक रेमिटबाट रकम बुझ्न सक्ने



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्ट मार्फत नै आन्तरिक विप्रेषण (Domestic Remittance) पठाउन मिल्ने व्यवस्था ल्याएको छ ।

रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरु मार्फत रकम बुझ्न सक्ने बैंकले जनाएको छ । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा शुरुवात गर्ने बैंकमा कुमारी बैंक एक रहेको छ । सो प्रणालीमार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोलि कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागी न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

आफ्नो कुमारी स्मार्ट एप्लिकेसनमा उक्त फिचर सम्मिलित गरे पश्चात् पुनः बैंक समयसापेक्ष डिजिटल बैकिङ्ग प्रणालीतर्फ द्रुत गतिमा लम्किँदै गएको वास्तविकता प्रष्ट झल्किएको बैंकले जनाएको छ । आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL