Logo

ग्लोबल आइएमई बैंकको ढल्केबर शाखा संचालनमा, शाखा संख्या २६८ पुग्यो

ग्लोबल आइएमई बैंकको ढल्केबर शाखा संचालनमा, शाखा संख्या २६८ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६८ पुगेको छ ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालन गर्दै आफ्नो सेवालाई विस्तार गरेका बताए ।

उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह, सिन्ुधली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा मिथिला नगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकी लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

हाल बैंकले ७४ जिल्लामा फैलिएको २ सय ६८ शाखा सञ्जाल सहित २ सय ४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४५ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL