Logo

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात, पीओएस मेशिनमा कार्ड नराखी भुक्तानी गर्न सकिने

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात, पीओएस मेशिनमा कार्ड नराखी भुक्तानी गर्न सकिने



काठमाडौं । कामना सेवा विकास बैंकले कन्ट्याक्टलेस भिसा डेविट कार्ड संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै ग्राहकहरुको हितलाई मध्यनजर गरेर कन्टयाक्टलेस भिसा डेविट कार्ड सञ्चालनमा ल्याएको हो ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । उक्त प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL