Logo

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६७ पुग्यो

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २६७ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २ सय ६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २ सउय ४५ शाखा रहित बैंकिङ सेवा तथा २ सय ४० एटीएम र ३ अन्तरराष्ट्रिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL