काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था २०७७ साल माघ १९ बाट सुचारु गरेको छ ।
उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको एनपीआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।
बैंकले पहिलेदेखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आईपीएसमार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब एनपीआईमार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।
ग्राहकहरुले सम्बन्धित राजस्वको ईबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम एनपीआईमार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईनमार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आईपीएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।