Logo

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा, शाखा संख्या १०१ पुग्यो

एभरेष्ट बैंकको नयाँ शाखा धादिङको धार्केमा, शाखा संख्या १०१ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले आफुनो नयाँ शाखा कार्यालय धादिङको धार्केमा संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै धुनिबेसि नगरपालिका धार्केमा आफ्नो १ सय १ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

सबै वर्ग तथा क्षेत्रहरुमा भरपर्दो बैकिङ सुविधा पुर्याउने प्रयास स्वरुप बैंकले देशका विभिन्न क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ । यसै सन्र्दभमा धादिङको धुनिबेसि नगरपालिका धार्केमा १०१ औं शाखा मेयर बालकृष्ण आचार्य र एभरेष्ट बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकको नयाँ शाखा उद्घाटन समारोहमा धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धुनिबेसि नगरपालिका वडा नं ६ का अध्यक्ष कान्छा तामाङ लगायत बैंकका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

हाइवेसंगै रहेको उक्त शाखामा एटिएम सेवा २४ घन्टा खुल्ला रहनेछ जसबाट ग्राहकहरुलाई अझै सुविधा पुग्ने बैंकले बिस्वास लिएको छ । धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले हाल १ सय स्थानीय शाखा संजाल, ३१ राजस्व संकलन काउन्टर, १ सय ३१ एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL