Logo

मुक्तिनाथ र कामना सेवा विकास बैंकले सञ्चालनमा ल्याए ‘वीच्याट–पे’ भुक्तानी सेवा

मुक्तिनाथ र कामना सेवा विकास बैंकले सञ्चालनमा ल्याए ‘वीच्याट–पे’ भुक्तानी सेवा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’सँग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे।

चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पेमार्फत् नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट–पेमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापछि वीच्याट –पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

कामनाले ल्यायो ‘वीच्याट यूनियन पे’ भुक्तानी सेवा

यस्तै कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी बीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै वीच्याट पे र यूनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरिरगराई वीच्याट पे र यूनियन पेको साथै अलि पे, खल्ती, प्रभु पे, क्यू पे, आईएमई पे र स्मार्ट पे लगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL