Logo

पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको नयाँ शाखा उदघाटन, आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट कारोबार शुरु

पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको नयाँ शाखा उदघाटन, आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट कारोबार शुरु



पोखरा । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय चिप्लेढुंगा (नयाँबजार) पोखरा महानगर पालिका वडा नं९ नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गर्दै एक समारोहका विच औपचारिक उदघाटन गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुंक्त रुपमा रिवन काटेर उदघाटन गरेको उक्त कार्यक्रममा संचालक सदस्यहरु झक्क प्रसाद आचार्य, डा हरिवहादुर केसी, ईन्दिरा श्रेष्ठ मास्के, सन्जिव पौडेल, हरि प्रसाद पराजुली, विनोद गुरागाई विशिष्ठ अतिथीको रुपमा उपस्थित रहेका थिए ।

साथै कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रिय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कँडेल,गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने, मुख्य शाखा प्रबन्धक माधव रिजाल ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य वावुराम गिरी , फेवा सिटी हस्पिटल पोखराका आर्थिक विभाग प्रमुख डा।ध्रुव अधिकारी, बैकमा क्रियाशिल यूनियन नेपाल वित्तिय संस्था कर्मचारी सघका प्रदेश अध्यक्ष वद्री नारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैकका पूर्व निर्देशक चेत नारायण सापकोटा , होटल पिनाकिनीका प्रबन्ध निर्दैशक शुसिला के।सी।, सेवाग्राहीहरु , बैंकका विभिन्न कार्यालयका वरिष्ठ शाखा प्रमुखहरु, शाखा प्रबन्धकहरु तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बैंकको हाता भित्र रहेको एटीएम सेवाको उदघाटन बैकका संचालक समितिका सदस्यद्वय झक्क प्रसाद आचार्य र हरि प्रसाद पराजुलीवाट सयुँक्त रुपमा भएको थियो ।

बैंकका संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी वढन तयार रहेको तथा यस बैंकवाट सुनदेखि नुन सम्म, हलो देखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय वजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन सम्पुर्णमा आग्रह गर्दै कर्मचारीहरुलाई पनि सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडी बढ्न निर्देशन दिएका थिए ।

उदघाटन मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषि लाई नछोडने नीति रहेको कुरा राख्नुहुदै विगतदेखि वर्तमान सम्म आईपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पोखराका सफल ब्यवसायी वावुराम गिरीले आजको प्रतिष्पर्धात्मक बैंकिङ्ग वजारमा कृषि विकास बैंकले उद्योगी, ब्यवसायीहरुसँग सहज ढँगले सहकार्य गरी अगाडी वढनुपर्ने भनाई राख्नुहुदै कृषि विकास बैंकले पोखराको मुटु महेन्द्रपुल नयाँवजार स्थित आफनै भवनमा अत्याधुनिक सेवा सहित कार्यक्रम संचालन गर्न शुरुवात गरेकोमा बैकको प्रगतिका लागि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा शाखा प्रबन्धक हिमलाल श्रेष्ठले उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL