Logo

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक, डिम्याट खाता निशुल्क पाईने

गरिमा विकास बैंकद्धारा ‘मेरो सेयर बचत खाता’ सार्वजानिक, डिम्याट खाता निशुल्क पाईने



गरिमा विकास बैंकले मेरो सेयर बचत खाता संचालनमा ल्याएको छ । बैंकले सेयर बजारलाई साधारण जनताको पहुँचसम्म पुर्याउन उक्त बचत खाता संचालनमा ल्याएको हो । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्वा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्वाको सुविधा लिन सक्नेछन् ।

वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५ दशमलव ५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १ सय ६ शाखा कार्यालयहरु र ५१ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL