Logo

सनराइज बैंकले संचालनमा ल्यायो थप दुई शाखारहित बैंकिङ सेवा, सेवासंख्या ६८ पुग्यो

सनराइज बैंकले संचालनमा ल्यायो थप दुई शाखारहित बैंकिङ सेवा, सेवासंख्या ६८ पुग्यो



काठमाडौं । सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त दुई शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६८ पुगेको छ । शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.११, का उप–प्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थिती रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएममार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL