Logo

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच सम्झौता, किर्तिपुरबासीलाई बैंकले सरल कर्जा दिने

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच सम्झौता, किर्तिपुरबासीलाई बैंकले सरल कर्जा दिने



काठमाडौं । एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच एक सम्झौता भएको छ । आईतबार बैंकले किर्तिपुरबासीलाई सरल र सहुलियत कर्जा उपलब्ध गराउनेगरी नगरपालिकासँग कर्जा सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकले किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र किर्तिपुर नगरपालिकाका मेयर मेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL