Logo

एभरेष्ट बैंकद्वारा केटूको सफल आरोहण गर्ने टोलीलाई सम्मान, डेविड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसको रूपमा आबद्ध

एभरेष्ट बैंकद्वारा केटूको सफल आरोहण गर्ने टोलीलाई सम्मान, डेविड शेर्पा एभरेष्ट बैंकको ब्राण्ड फेसको रूपमा आबद्ध



काठमाडौँ । एभरेष्ट बैंकले विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गर्ने टोलीलाई सम्मान गरेको छ ।

बैंकले आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहासमै पहिलोपटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको हो ।

उक्त पर्वतारोहण टोली मध्यका मिङ्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL