Logo

राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा कमायो १ अर्ब ७४ करोड, कर्जा विस्तारमा सुस्तता

राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा कमायो १ अर्ब ७४ करोड, कर्जा विस्तारमा सुस्तता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ७४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार गत बर्षको तुलनामा यो बर्ष बैंकको खुद मुनाफामा ४७ करोड रुपैयाँ बराबरको गिरावट आएको छ । गत बर्षको सोही अधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै बैंकको सेयरधनी कोषमा २५ अर्ब ४७ करोड र लगानी ७४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

२०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३ दशमलव ९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ ।
२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२ दशमलव ७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५ दशमलव ४० प्रतिशत, आधार दर ५ दशमलव ६१ प्रतिशत, स्प्रेड दर ४ दशमलव ०९ प्रतिशत, कोषको लागत दर ३ दशमलव २९ प्रतिशत तथा वार्षिक प्रतिसेयर आम्दानी ३८ दशमलव ८४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्