Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना



काठमाडौं । सनराइज बैंकले काठमाडौंको गैह्रिधारा चोकमा ट्राफिक लाईट जडान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत प्रधान कार्यालय अगाडी गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको हो ।

शुक्रबार भएको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले स्थापना गरेको ट्राफिक लाईटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने बताए ।

उक्त कार्यक्रममै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र सनराईज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

सनराईज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL