Logo

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य, उद्यम कर्जा प्रदान गर्ने सम्झौता

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्य, उद्यम कर्जा प्रदान गर्ने सम्झौता



काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ, एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । यसका साथै ती उद्यमीहरुले महासंघबाट वित्तिय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदार अन्तर्गत नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुबित्त, नबिल बैंक र श्रीमती रीता सिम्हा, अध्यक्ष, महासंघले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै निरज कुमार बस्नेत (डनिल) ले भने ‘नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तिय पह“ुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उदेश्य राखेका छौ । महासंघका सदस्यहरूको आवश्यकता अनुसार उनीहरूको व्यवसाय बढाउनका साथै देशको आर्थिक विकासमा योगदान पुर्याउन नबिल बैंक उत्साहित छ ।’

त्यस्तै महासंघकी अध्यक्ष रीता सिम्हाले भनिन्, ‘महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन सक्दैन । महिला उद्यमीलाई वित्तिय पहु“चका माध्यमबाट सहयोग गरेकोमा हामी नबिल बैंक प्रति कृतज्ञ छौं ।’

नबिल बैंकले आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रतिक्रिया दिनुहोस्