Logo

ज्योति विकास बैंकको साधारणसभा सम्पन्न : ५ जना संचालक चयन, लगानीकर्तालाई १० प्रतिशत लाभांस

ज्योति विकास बैंकको साधारणसभा सम्पन्न : ५ जना संचालक चयन, लगानीकर्तालाई १० प्रतिशत लाभांस



काठमाडौं । ज्योति विकास बैंकको संचालक समितिमा ५ जना सर्वसम्मत रुपमा चयन भएका छन् । बैंकको बुधरबारको १३ औं वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा संचालक चयन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बसेको साधारणसभाले संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का ,सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६÷७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्तावसमेत पारित गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रुपैयाँ पुगेको छ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

ज्योति विकास बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL