Logo

बैंक अफ काठमाण्डूले सुरु गर्याे कर्पाेरेट पे सेवा, घरैबाट बैंकिङ कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डूले सुरु गर्याे कर्पाेरेट पे सेवा, घरैबाट बैंकिङ कारोबार गर्न सकिने



काठमाडौं । बैंक अफ काठमाण्डूले बैंक खाताबाटै कारोबार गर्न मिल्नेगरी कर्पाेरेट पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने प्रणालीको सुरुवात गरेको हो । उक्त सेवा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

बैंकको आफ्ना संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएचएल आईपीएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ ।

यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन । संस्थागत ग्राहकहरुले उक्त सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहकहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टीकेशनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL