Logo

कुमारी बैंक र अश्री ज्वेलर्सबीच सहकार्य, बैंकका डेबिट–क्रेडिट कार्डवाहकलाई ज्वेलर्समा छुट

कुमारी बैंक र अश्री ज्वेलर्सबीच सहकार्य, बैंकका डेबिट–क्रेडिट कार्डवाहकलाई ज्वेलर्समा छुट



काठमाडौं । कुमारी बैंक र सुनचाँदी हिरालगायत अन्य बहुमुल्य रत्नहरुको हस्त निर्मित गरगहनाहरुका लागि परिचित गहना घर अश्री ज्वेलर्स प्राइभेट लिमिटेडका बिच छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सहकार्य पश्चात कुमारी बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरुलाई अश्री ज्वेलर्सका डाईमन्डका गहनाको खरिदमा १५ प्रतिसतसम्मको आकर्षक छुटको प्रावधान भएको छ ।

उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख प्रविन झा र अश्री ज्वेलर्सका निर्देशक रवि कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामीदिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्