Logo

एनसीसी बैंकको नेप्सेलाई स्पष्टीकरण-कुनै बैंकसँग मर्जमा जाने-नजाने टुंगो छैन

एनसीसी बैंकको नेप्सेलाई स्पष्टीकरण-कुनै बैंकसँग मर्जमा जाने-नजाने टुंगो छैन



काठमाडौं । अस्भाविक रुपमा सेयर मूल्य र खरीद चाप बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोधेको स्पष्टीकरणको एनससीसी बैंकले जवाफ दिएको छ ।

हिजो आइतबार एनसीसी बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन नेप्सेले निर्देशन दिएको थियो।

बैंकले जवाफमा शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य नभएको जनाएको हो ।

त्यस्तै, बैंकले मर्जर तथा एक्वीजसनका लागि सञ्चालक समितिलाई अख्तियारी दिए पनि कुन बैंकसँग संस्थासँग मर्जमा जाने नजाने बारे टुंगो नलागेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL