Logo

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैकिङबाट भुक्तानी गर्न सकिने, विभिन्न कम्पनीसँग सम्झौता

राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैकिङबाट भुक्तानी गर्न सकिने, विभिन्न कम्पनीसँग सम्झौता



काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले अब आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने भएको छ । मोबाइल बैंकिङ्ग मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र  नेपाल पे बीच सम्झौता भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसको तर्फबाट प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पे का तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पे का तर्फबाट प्रबन्ध संचालक कुसुम लामा  र नेपाल पे का तर्फबाट प्रमुख संचालन अधिकृत मालिका भट्टराइले हस्ताक्षर गरेका हुन । 

सम्झौतापश्चात करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङ्गबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् । 

यस्तै राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनैपनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्
MBL