काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भक्तपुरको सिरुटारमा आफ्नो ९९ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आजदेखि सिरुटार शाखाबाट आफ्नो औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
भक्तपुर जिल्लामा उक्त शाखा बैँकको तेस्रो शाखा हो । उक्त शाखाको औपचारिक समुद्घाटन प्रमुख अतिथि पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका थिए । उद्घाटन समारोह बैक संचालक समितिका सदस्य दिपक कार्कीको सभापतित्वमा भएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा आफ्नो धारणा राखेका थिए । साथै सोही अवसरमा शाखा परिसरमा रहेको एटिएमको सुभारम्भ पनि प्रमुख अतिथि बस्नेतले गरेका थिए ।
बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
सिरुटार शाखा सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।