काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ५६ औं वार्षिकोत्सबको अवसरमा केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रक्तदान कार्यक्रममा १ सय ७१ जनाले रक्तदान गरेको बैंकले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।