Logo

नबिल बैंकको वार्षिक साधारण सभाबाट लाभांश पारित, पौडेल र टिवडेवाला सञ्चालक चयन

नबिल बैंकको वार्षिक साधारण सभाबाट लाभांश पारित, पौडेल र टिवडेवाला सञ्चालक चयन



काठमाडौं । नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । उक्त सभाबाट बैंकले लगानिकर्ताहरुलाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।

बैंकको सञ्चालक समितिले यस अघि गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

आज कम्पनकिो सभा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलकोे अध्यक्षतामा सम्पन्न भएको हो ।

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौडेल तथा प्रविन टिवडेवाला सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL