Logo

सनराइज बैंकको थप ५ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात

सनराइज बैंकको थप ५ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, कलंकी एक्सटेन्सन काउण्टरको सुरुवात



काठमाडौं । सनराइज बैंकले विभिन्न ५ स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६३ पुगेको छ ।

शुक्रबार मिति बैंकले व्यास नगरपालिका –१४ केशवटार तनहुँ, सुनवल नगरपालिका–७ अस्नैया नवलपरासी र गढी गाउँपालिका –२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ सेवा खोलेको छ । त्यस्तै शनिबार मिति धुर्कोट गाउँपालिका –३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

उक्त सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

यस्तै बैंकले सोमबार काठमाडौं कलंकी स्थित मालपोत कार्यालयमा बैंकको १२ औं एक्सटेन्सन काउण्टरको समेत शुभारम्भ गरेको छ । हालसम्म सनराइज बैंकले १ सय ३९ वटा शाखा, ६३ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL