Logo

पुनर्कर्जाका लागि राष्ट्र बैंकद्धारा लघुवित्त संस्थासँग आवेदन माग, यस्ता छन् शर्तहरु

पुनर्कर्जाका लागि राष्ट्र बैंकद्धारा लघुवित्त संस्थासँग आवेदन माग, यस्ता छन् शर्तहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि आवेदन मागेको छ।

बैंकले सोमबार सूचना जारी गरी लघुवित्त संस्थालाई पुनर्कर्जाका लागि आवेदन मागेको हो। आवेदन माघ १२ गतेसम्म दिइसक्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार पुनर्कर्जाका लागि लघुवित्त संस्थालाई अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने, पुँजीकोष राष्ट्र बैंकले तोकेअनुरुपको हुनुपर्ने, चुक्ता पुँजी तोकिएअनुसार हुनुपर्ने, सीईओ तथा सञ्चालक समिति कारबाहीमा परेको हुन नहुने र कार्यक्षेत्रबाहिर कर्जा प्रवाह गरेको हुन नहुने लगायतका सर्त तोकेको छ।

त्यस्तै पुनर्कर्जा प्राप्त गर्ने लघुवित्तले सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा सो रकम समायोजन गर्न पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL