Logo

जाजरकोटको कालीमाटीमा सिटिजन्स बैंकको शाखा रहित सेवा, शाखारहित सेवा १०७ पुग्यो

जाजरकोटको कालीमाटीमा सिटिजन्स बैंकको शाखा रहित सेवा, शाखारहित सेवा १०७ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले जाजरकोटको कालीमाटीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले नलगाड नगरपालिका, कालीमाटी बजारमा १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ्ग सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL