Logo

अब अन्तरबैंकिङ एटिएम कारोबार शुल्क लाग्ने, महिनामा २ चोटी मात्रै निशुल्क कारोबार गर्न पाईने

अब अन्तरबैंकिङ एटिएम कारोबार शुल्क लाग्ने, महिनामा २ चोटी मात्रै निशुल्क कारोबार गर्न पाईने



काठमाडौं । अबदेखि एक बैंकको एटिएम कार्ड अर्काे बैंकको एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशिका जारी गर्दै अबदेखि शुल्क लाग्ने जानकारी दिएको हो ।

यसअघि राष्ट्र बैंकले कोरोना महामारीलाई ध्यानमा राख्दै अन्तरबैंकि एटिएम कारोबार निशुल्क गरेको थियो । कोरोना महामारीमा डिजिटल बैंकिङलाई प्रोत्साहन गर्नेगरी गरिएको निशुल्क कारोबार सेवा अब बन्द भएको हो ।

यस्तै राष्ट्र बैंकले पुरानो निर्णयलाई संशोधन गर्दै अब प्रतिमहिना २ पटकसम्म भने अन्तरबैंक एटिएम प्रयोग निशुल्क गर्ने निर्णयसमेत गरेको छ । साथै राष्ट्र बैंकले विभिन्न बैंकहरुलाई ग्राहकहरुको ईन्टरनेट बैंकिङ र अन्य शुल्कहरुबारे जानकारी दिएर मात्रै शुल्क लिन निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL