Logo

सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ सेवा बेलकोटगढीमा, बैंकिङ सेवा संख्या ५८ पुग्यो

सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ सेवा बेलकोटगढीमा, बैंकिङ सेवा संख्या ५८ पुग्यो



नुवाकोट । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नं ५ का अध्यक्ष अनन्तराम नेपालले गरेका थिए ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL